राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भदौ २७ गते विरोध सभा गर्ने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले सरकारलाई दबाब सिर्जना गर्न र्यालीसहित विरोध सभा गर्ने भएकाे हाे ।
गाई हत्याको विरोध गर्न, विभिन्न संघसंस्थाबाट भइरहेका प्रदर्शन र विरोधमा ऐक्यबद्धता जनाउन, हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापना गर्न विरोधसभा आयोजना गर्न लागिएको राप्रपा द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै राप्रपाले संघीयताको खारेजी, भ्रष्टाचारमा संलग्न उच्च राजनीतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउन, सुन तस्करीलगायतका भ्रष्टाचार काण्डमा संलग्नको पूर्ण छानबिन गर्न, शिथिल अर्थतन्त्रले निम्त्याउन लागेको आर्थिक संकटमा सरकारको उदासिनता, बढ्दो बेरोज़गारी, मूल्यवृद्धिजस्ता विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने राप्रपाले जनाएकाे छ ।




