नेकपा एमालेले पार्टी र जनसंगठनका सबै कार्यक्रम स्थगित गरेको छ । एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधन भएकाले अर्को सूचना नभएसम्मका लागि एमालेको सबै कार्यक्रम स्थगित गरिएको हाे ।
नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा राखिने छ । एमालेले शोकको यस घडीमा पार्टी र पार्टी सम्बद्ध जनसंगठनका सबै कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाएकाे हाे ।
एमाले पार्टी कार्यालयमा श्रद्धाञ्जलीपछि मुन्धुम संस्कृतिअनुसार नेम्वाङको अन्तिम संस्कार गरिने छ । विदेशमा रहेका छोरा आएपछि नेम्वाङको अन्त्येष्टि हुने जनाइएको छ ।




