बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा ११ जना घाइते भएका र एक जनाको उपचारको क्रममा निधन भएको बाँकेकमा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । जयन्दु बाल सुधार गृहमा गए राति झडप भएको थियो ।
कञ्चन गाउँपालिका–४ रूपन्देहीका सुलभ केसीको मृत्यु भएको बताइएको छ । उनी अपहरण, शरीरबन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए ।
झडपमा १० जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुई पक्ष झडपमा उत्रँदा बालसुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको थियो ।




