उच्च अदालत पाटनले अरनिको यातायात प्राइभेट लिमिटेडले जडिबुटीमा बनाएको बसपार्क नभत्काउन अल्पकालीन आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश गोकर्ण डाँगीको एकल इजलासले उक्त बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता प्रेम खड्काले जानकारी दिए ।
‘अहिले उक्त बसपार्क नभत्काउन आदेश दिइएको हो,’ उनले भने ।
यस्तै, आगामी पेशी २१ गतेलाई तोकिएको उनले बताए ।




