हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले हिजो दिउँसो देखि नेपालगञ्ज माअनिश्चितकालीन कर्फ्यु जारी गरेको छ ।

कर्फ्युका कारण सीमा नाकामा रोकिएकाहरुलाई प्रहरीले उद्धार गरी नेपालगञ्ज कटाइदिने गरेको छ । नाकामा रोकिएकाहरुलाई प्रहरीले गाडीको व्यवस्था गरेर नेपालगञ्ज क्षेत्र कटाइदिने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेल जनाएकाे छ ।

स्थानीय प्रशासन ऐन २०२८ को ६ (क)मा कुनै ठाउँमा आन्दोलन वा हुलदंगा भई शान्ति भंग हुन सक्ने देखिएमा परिस्थितिको विचार गरी प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी कर्फ्यु लगाउन सक्ने व्यवस्था छ ।

कर्फ्युको बेला आवत-जावत गर्न, भेला हुन र तोकेको अरु कुनै काम गर्न पाइँदैन । कर्फ्यु आदेश उल्लंघन गर्ने व्यक्तिलाई गिरफ्तार गर्नेदेखि गोली चलाउनेसम्मको अधिकार प्रहरीलाई हुन्छ । गिरफ्तार गरिएका व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले एक महिनासम्म कैद वा एक हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ दिन सक्छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डाँगी भन्छन्, ‘कर्फ्यु उल्लंघन नगर्न भनेर हामीले माइकिङ पनि गरिरहेका छौं । तर केही व्यक्ति मोर्निङवाकमा निस्किएको पनि देखियो । बन्द र कर्फ्यु छुट्याउन नसकेको जस्तो बुझियो ।’ उनले कर्फ्युको बेला घरभित्र नबसेर बाहिर निस्किनेहरुलाई कानुनी व्यवस्थाको समेत जानकारी गराएर घरमै पठाउने गरिएको बताए ।

यसै बीच, सरकारले जातीय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक सद्भाव भत्काउने ‘योजनाबद्ध’ प्रयास भइरहेको विश्लेषण गर्दै विभिन्न जातजाति र सम्प्रदायलाई एकअर्काबीच सद्भाव कायम राख्न अपिल गरेको छ ।

सामाजिक सद्भाव कायम राख्न सबै पक्षको अपिल

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव खलल पुर्‍याई सरकारलाई अप्ठ्यारो पार्ने प्रयास भइरहेकाले सजग रहनुपर्ने बताउँदै यसबारे विशेष प्रस्ताव प्रस्तुत गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link