सोमबार चन्द्रागिरि पुगेका माधब कुमार नेपालले त्यहाँबाट अपिल जारी गर्दै पार्टी दर्ताको प्रक्रिया अगाडि बढेको सन्दर्भमा पटकपटक बेइमानी र धोखाधडीको निरन्तरता स्वरूप नै वार्ता र सहमतिका भ्रमपूर्ण समाचार सार्वजनिक भइरहेको उल्लेख गरेका छन्। नयाँ पार्टीमा इमान, इतिहास र उर्जा बोकेको पंक्ति लामबद्ध भएको बताएका छन् । केन्द्रीय कमिटी बैठकका लागि चन्द्रागिरी पुगेका अध्यक्ष नेपालले पुराना र नयाँ नेताहरुले मिश्रणमा पार्टी सशक्त बन्ने बताए ।३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् । चन्द्रागिरी पुगेका केन्द्रीय सदस्यहरु र सांसदहरुलाई सम्बोधन गर्दै अब एकताको भ्रममा नअल्मलिन आग्रह गरे । ‘एकताको कुरा धेरै ढिलो भयो । अब नयाँ पार्टी निर्माणमा लगौं’ नेपालको भनाइ थियो ।नेपालले १० बुँदे सहमति जालझेलमात्र थियो भन्दै दोस्रो तहका नेताहरु ओलीको पाउमा लम्पसार परेको आरोप लगाए । भीम रावल, घनश्याम भुसाल लगायतका दोस्रो तहले हिजो आफूलाई साथ दिएका नेताहरु पनि दल दर्तामा संख्या पुग्न नदिन सक्रिय रहेको नेपालको भनाइ थियो । नेपालले दश बुँदे कार्यन्वयन गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) दर्ता हुन नदिने अन्तिम अस्त्र भएको भन्दै त्यस्ता जालझेलमा नपर्ने र ठूलो पार्टी बनाउने बताए । उनले अब वार्ता भए पनि दल दर्ता भएपछिमात्र सम्भव रहेको बताए । नेपाल समूहको बैठकमा एमालेका ६० जना केन्द्रीय सदस्य र २६ जना सांसद सहभागी भएको उनीहरुको दावी छ । पार्टीको विधान लगायतका विषयमा छलफल गरेर निर्वाचन आयोगमा सनाखतका लागि जाने बेलासम्म नेताहरुलाई रिसोर्टमा राखिनेछ ।




