रुघाखोकी लाग्दा पनि डराएर कोरोना हो कि भन्ने धेरै बिरामी आउने गर्छन्। रुघाखोकी र कोरोनाका लक्षण उस्ताउस्तै हुनाले मान्छेहरु झुक्किन्छन् र आत्तिन्छन्। तर कोरोना भाइरस हो कि होइन शंका गर्न त्यसको अरु कारणहरु राम्ररी जाँचपड्ताल गरेपछि मात्र थाहा हुन्छ।

कसरी छुट्याउने ?
मौसम परिवर्तन भएसँगै रुघाखोकी तथा फ्लुको लक्षण देखिन थालेको छ। तर कोरोना नै भन्ने भय मनमा पाल्न हुँदैन। मनमा के राख्नपर्‍यो भने नेपालमा त्यस्तो स्थिति अहिले आइसकेको छैन। त्यसैले सतर्क भने रहनुपर्छ। सामान्य ज्वरो आउनु, रुघाखोकी लाग्ने लक्षण अहिले मौसम परिवर्तन भएसँगै देखा परेको हो। कोरोना भाइरसको शंका गर्न सुरुमा संक्रमण फैलिएको देश जस्तै कोरिया, चीन, इटालीबाट आएको हो वा होइन त्यो बुझिन्छ। यदि त्यहाँबाट आएको मान्छेसँग भेटघाट भएको १४ दिनभित्रमा रुघाखोकीका लक्षणहरु देखापरेमा ती व्यक्तिहरुलाई शंकाको घेरामा राख्न सक्छौं। यदि होइन भने रुघाखोकी लागेका मान्छेलाई परामर्श दिइरहेका छौं।

खोकी लाग्नु, ज्वरो आउनु, घाँटी अलि कस्सिएको, भारी भएको, थकान महसुस हुने लक्षण कोरोना भाइरसको शंका गर्न सकिन्छ । त्यसैगरी रुघाखोकी र फ्लु अलि फरक हुन सक्छन्। रुघाखोकी लागेमा त्यति कडा हुँदैन। नाकबाट पानी बग्ने, सामान्य हल्का ज्वरो आउने, हाँच्छ्यु आउने हुन्छ। अर्कोचाहिँ मौसमी फ्लु भने इन्फ्लुएन्जा भाइरसको कारणले हुन्छ। यसमा अचानक ज्वरो आउने, खोकी लाग्ने, घाँटी दुख्ने तथा खसखस हुने हुन्छ। अलि बढ्दै गयो भने सास फेर्न अप्ठ्यारो हुन सक्छ। कोरोना भाइरसमा पनि ज्वरो आउने र खोकी लाग्ने यी दुई कुरा मिल्न जान्छन्। तर यो छुट्याउनको लागि त्यो मान्छे कहाँ–कहाँ गयो, संक्रमण फैलिएको देशबाट आएको–नआएको, क–कसको सम्पर्कमा आयो त्यो बुझ्नुपर्ने हुन्छ।

यदि तपाईंकाठमाडौवासी हो, छिमेकी वा आफन्त कोरिया, इटाली, चीनजस्ता देशबाट आएको छैन भने आत्तिनु पर्दैन । रुघाखोकी लाग्दैमा सुरुमा कोरोना नै सोच्नुपर्छ भन्ने जरुरी रहेन। मौसम परिवर्तन भइरहेको छ । अहिले धेरै कोरोना भाइरस फैलिरहेको इटालीमै जस्तो बसेर नसोचौं। मनमा त्रास नलिऊँ । सावधानी अपनाइ राख्यौं, कसरी सर्छ भनेर जान्यौं भने बच्न सकिन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिले सयौं कोरोनाको नमुना परीक्षण भइसकेको छ र खुसीको कुरा अहिलेसम्म १ जना बाहेक नेगेटिभ देखिएको छ । यदि कोही कोरोना संक्रमित भएको भए अस्पताल आइसक्थ्यो होला आखिर उपचारको लागि अस्पताल नै आउने हो । त्यसैले यसमा विश्वस्त हुन जरुरी छ ।

जुन स्तरमा अरु देशमा बाहिर देखिरहेको छ त्यस्तो स्थिति नेपालमा नभए पनि एकदमै ठूलो संक्रमण फैलिहाल्यो भने के गर्ने भनेर अध्ययन हुनुपर्छ । अरु देशले कसरी रोकथामका लागि उपाय अपनाइरहेका छन् भनेर सिक्न जरुरी छ । त्यसैले सुरक्षित रहौं, सतर्कता अपनाऔं, आतंकित नबनौं ।

रुघा लागेर नाकै बन्द भई मुखबाट सास लिनुपर्ने स्थिति आइदिन सक्छ । अझ रातमा रुघा लाग्यो भने त मीठा सपना आउनुको साटो दुःस्वप्न आइदिन्छ । सजिलो गरी सास फेर्नका लागि तपाईं यता र उता कोल्टे फेरिरहनुपर्ने हुन्छ । तर यहाँ दिइएका दुईवटा टिप्स फलो गर्नुभयो भने बन्द नाक खुल्छ ।

१ जिभ्रो र अक्युप्रेसर च्यापुमा लगेर जिभ्रोको टुप्पो केही सेकेन्डका लागि थिचिरहनुस् । त्यसपछि बिस्तारै जिभ्रोलाई सहज बनाउनुस् । फेरि फेरि त्यही अभ्यास गरिरहनुस् ।

यही बेलामा चोरी औंला र माझी औंलाले निधारमा आँखीभौंको बीच भागमा एक सेकेन्डका लागि थिच्नुस् अनि रोकिनुस् । फेरि फेरि यो क्रिया दोहो-याउनुस् ।

यी दुवै अभ्यास एकैचोटि गर्नुस् । पच्चीस सेकेन्डसम्म यो क्रिया दोहो-याइरहनुभयो भने बन्द नाक खुल्छ ।

२ सास रोक्नुस् गहिरो सास लिनुस् । त्यसपछि टाउको पछिल्तिर झुकाउनुस् र चोरी औंला र बुढी औंलाले थिच्नुस् । सम्भव भएसम्म यसरी नाक थुनेर उभिनुस् । साह्रै गाह्रो भएपछि मात्र औंला हटाउनुस् ।

यो प्रक्रिया नाक नखुलुन्जेलसम्म दोहो-याउनुस् । राति सुत्नुअघि यी अभ्यास गर्नुभयो भने आनन्दपूर्वक सुत्न सक्नुहुन्छ अनि रातभरिमा ठीक पनि हुनुहुन्छ ।

हेर्दा र सुन्दा सामान्य भएपनि यो बिग्रन गएमा ठूलो समस्या निम्तने रोग अन्तर्गत पर्दछन् । हाम्रो दैनिक जीवनमा सवैभन्दा बढी देखिने रोग पनि यिनै हुन । यस्ता रोगबारे जानी राख्नु नितान्त आवश्यक छ । रोग जुनसुकै किन नहोस् सानो हुदैन । हाम्रो सानो लापरबाहीले ठूलो समस्या निम्तन सक्छ ।

यो रोगमा एण्टिबायोटिक चलाउनु भन्दा सामान्य जडिबुटीले पनि निको बनाउन सक्छ । आज मैले रूघा र खोकीको बारेमा राम्रो जानकारी पाठकको हितमा पस्कन गइरहेको छु । खोकी भन्दा रूघा प्राय: धेरैलाई हुने गरेको छ ।

रूघा खोकी बिग्रिएको खण्डमा दम निमोनिया टिबी जस्ता रोग लाग्ने सम्भावना प्रवल भएको हुन्छ । यस्ता रोग देखिएमा शुरूमा घरेलु औषधि दिएर निको बनाउन जुट्नु राम्रो हुनेछ । यस्ता रोगको उपचार शुरूमा एण्टिबायोटिक दिएर हेर्दा रोग घट्नुको साटो बढ्ने हुन सक्छ ।

रूघा लाग्दा देखिने केहि लक्षण

१. चिसो संगै नाकबाट पानी बग्ने हाच्छिउ आउने ।

२. नाक बन्द हुने ।

३. सुख्खा खोकी लाग्ने ।

४. टाउको भारु हुने ।

५. अल्छीपना हुने ।

रूघा एकबाट अर्कोमा सर्ने माध्यम

१. रुघाबाट पीडित ब्यक्तिले हाँक्छ्यु गर्दा वा खोक्दा भाइरसयुक्त खकारको स-सानो थोपा (ड्रपलेट) भुईमा खस्दछ र वातावरणमा फैलिन्छ ।

२. स्वस्थ्य ब्यक्तिद्वारा श्वास फेर्दा मुखको माध्यमले एवं नाकको सिंगानबाट एक-अर्कामा रुघा फैलिन्छ ।

यो रोगबाट आफुलाई कसरी बचाउने ?

१. बराबर हात धुने, ब्यक्तिगत सर-सफाईमा ध्यान दिनु रुघाबाट बच्ने उत्तम उपाय मानिन्छ । मुखमा मास्क लगाउने । खाना खाँदा होस् या अन्य समयमा हातलाई मिचिमिची धोएर मात्र खाना खाने बानी बसाल्नु पर्दछ ।

२. भिडभाड हुने ठाउँ जस्तै: सिनेमा हल, आमसभा, मेला आदिमा सकेसम्म नजाने ।

३. रुघा-खोकीबाट पीडित ब्यक्तिको सम्पर्कमा सकेसम्म नआउने ।

४. अन्य ब्यक्तिहरुमा संक्रमण नहोस् भनेर हाछ्युँ गर्दा वा नाक सफा गर्दा रुमाल या टिश्यु पेपरको प्रयोग गर्ने । फेस मास्क लगाउन नभुल्ने ।

रूघा खोकी लाग्दा के खाने के नखाने सवैभन्दा महत्वपूर्ण विषय हो । यदि हामीले यस कुरामा ध्यान दिन सकेमा आधी समस्या आफै हल भएको हुनसक्छ । आउनुस् के खाने, के नखाने जानौं ।

१. आलु, बैगन, गाजर फर्सी, लौका, शिशीको अचार, दही, चिसो, अमिलो तथा गुलियो पदार्थहरुको सेवन सकेसम्म नगर्ने ।

रुघा-खोकीको घरेलु उपचार

१. रुघा-खोकी लागेमा आफिस वा स्कुल, कलेज नजाने । गरम पानी, सुप, झोलीलो पदार्थ आदि प्रर्याप्त मात्रामा लिने गर्नु पर्दछ ।

२. तुल्सीको पात, अदुवा, कालो मरिच एवं ल्वाँगको मिश्रण मसाला युक्त चिया-रुघा खोकीमा अत्यन्तै लाभदायक हुन्छ ।

३. अलिकति अदुवाको रस-गरम गरेर मन तातो भएपछि मिस्री वा मह मिसाएर सेवन गर्नाले पनि फाइदा गर्दछ । या अदुवा पोलेर मिश्री मिलाएर चुस्दा पनि रूघा खोकी निको हुन्छ ।

४. असुरो र अदुवा राखेर पकाएको काढा मनतातो भएपछि २ चमचमा १ चमच मह राखेर दिनमा २ पटक सेवन गर्दा यसले रूघाखोकी निको हुनुको साथै दमको रोगमा समेत राम्रो फाइदा पुर्याउदछ ।

५. खुकुरी रम २ चमच एक गिलास मनतातो पानीमा राख्ने र २ चमच जती मह मिलाएर दिनमा एकपटक केहि दिन खान दिने तर साना बच्चाको हकमा यो औषधि उपयुक्त छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link