नेपाली कांग्रेसको ६४ जिल्लामा पालिका अधिवेशन सुरु भएको छ । केही जिल्लाका पुरै पालिकामा अधिवेशन सम्पन्न भइसकेको र केहीमा सुरु भएको हो । केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार ५४ जिल्लामा अधिेवेशन सुरु भएको छ । समितिका अनुसार १० वटा जिल्लामा पनि विवाद छैन । प्राविधिक कारणले ढिला भएको हो । निर्वाचन अधिक-ृतले केहि दिन भित्रै सक्ने गरि प्रक्रिया थाल्ने छ ।
निर्वाचन समितिका सदस्य गोपाल घिमिरेका अनुसार वडा अधिवेशन भइसकेका ६४ जिल्लामध्ये १० जिल्लामा तयारी पूरा भएपछि ती जिल्लामा पनि जिल्ला निर्वाचन अधिकृतले केन्द्रीय निर्वाचन समितिसँग सहमतिमा मिति तोक्ने समितिले जनाएको छ । समिति सदस्य घिमिरेका अनुसा असोज १६ गतेसम्म ६४ जिल्लामा पालिका अधिवेशन सम्पन्न हुनेछ ।
घिमिरेका अनुसार पालिका अधिवेशनमा पनि अधिकांश ठाउँमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । केही पालिकामा भने केन्द्रीय गुटकै रुपमा शेरबहादुर देउवा र रामचन्द्र पौडल प्यानल खडा गरेर प्रतिस्पर्धा भएको छ । काँग्रेस क्रियाशील छानबिन समितिले विवाद टुंग्याउन बाँकी १३ जिल्लामा भने अधिवेशन अन्योल छ ।




