नेपाली कांग्रेसको १४ औं महाधिबेशनको लागि धनकुटाबाट महाधिबेशन प्रतिनिधिमा विजयी भएकी २१ बर्षिय करुणा कटुवालले पार्टीलाई पुस्तान्तरण र सुद्धिकरणमा लाग्ने बताएकी छन् । उनले पार्टीमा भएको बेतिथी र सुद्धिकरणमा लाग्ने बताएकी छन् । सगरमाथा खबरसँग कुरा गर्दै उनले भनिन् पार्टीमा पुस्तान्तरणको कुरा उठेको छ । पुस्तान्तरणको कुरा गरेर मात्रै पुग्दैन सुद्धिकरण पनि पार्टीमा आवस्यक छ । म अब सुद्धिकरणमा लाग्छु । यो जितले मलाई मतोबल र हौसला बढाएको छ । उनले भनिन् ।
नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस इकाई समिति सभापति समेत रहेकी कटुवालले पार्टीको संगठन विस्तारमा लाग्ने बताइन । केन्द्रीय कमिटिमा उम्मेदवारी दिने हो भन्ने प्रश्नमा अहिले त्यस्तो सोच नरहेको बताईन् । कांग्रेसको १४ औं महाधिवशेनमा देशभरबाट युवा प्रतिनिधि धमाधम चयन हुँदै गर्दै धनकुटाबाट उनि महाधिबेशन प्रतिनिधिमा प्रत्यक्ष निर्वाचित भएकी हुन् ।




