नेपाली कांग्रेसले १४ औं महाधिवेशन अनुसार आज प्रदेश अधिवेशन सुरु भएको छ । देश संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेशअधिवेश्न गर्न लागेको हो । आज सातै प्रदेशमा अधिवेशन सम्पन्न हुने । अधिवेशनले प्रदेशमा कार्य कमिति गठन गर्ने छ ।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा, २ को जनकपुरमा, बागमतीको हेटौंडामा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिम प्रदेशको अधिवेशन धनगढीमा हुनेछ ।
प्रदेशमा कांग्रेसले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री र सदस्यहरूका लागि चुनाव गर्दैछ । चुनाव आगामी शनिबार हुनेछ ।
प्रदेश सभापति निर्वाचित हुन ५१ प्रतिशत मत हासिल गर्नुपर्छ। कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याए पुन: मतदान गर्नुपर्ने व्यवस्था छ।
प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय अधिवेशनका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य र सांसद मतदाता हुन्छन् ।




