निर्वाचन आयोगले शुक्रबार देखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसा ७७ जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने छ ।

आगामी माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्न आयोगले तयारी गरिरहेको समेत उनले बताए । यसैगरी अब उम्मेदवारी घोषणा गर्दा नै उम्मेदवारको सम्पत्ति विवरण लिने कानुन पनि आयोगले बनाएको छ । निर्वाचनको बेलाको हरेक सात-सात दिनमा आम्दानी र खर्च सार्वजनिक गर्नुपर्ने नियम पनि आयोगले बनाएको छ । र अनुगमनका लागि लागि स्थानीय तहको निर्वाचन हुँदा ७५३ ठाउँमा, प्रदेशको निर्वाचन हुँदा ३३० ठाउँमा, प्रतिनिधिसभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको पनि आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय