राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्  । तर अन्य पदाधिकारीमा भने कमल थापा पक्ष नै हावी देखिएको छ । लिङ्देन र थापा प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । खुला उपाध्यक्षमा विक्रम पाण्डे र बुद्धिमान तामाङ विजयी बनेका छन् ।

त्यसैगरी, महिला उपाध्यक्ष रोशन कार्की विजयी बन्दा खुला तर्फबाट धवल शमशेर राणा र भुवन पाठक महामन्त्री बनेका छन् ।

अध्यक्ष लिङ्देन र महामन्त्री धवल शमशेर राणाबाहेक अन्य सबै कमल थापा प्यानलका हुन् भने उपाध्यक्ष बनेका पाण्डे साझा उम्मेवार हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय