प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा एमसीसीको विषयलाई लिएर विवाद भएको छ । एमसीसीका विषयमा सत्ता गठबन्धका दलहरुबीचमै असहमति भएपछि आइतबारको सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो ।

बैठकमा सरकारका प्रवक्ता ज्ञानेन्द्रवहादुर कार्कीले एमसीसी संसदबाट अघि बढाउनुपर्ने प्रस्ताव राखेका थिए । उनको प्रस्तावमा माओवादी केन्द्र र नेकपा एसकाका नेताहरुले विरोध जनाएका थिए । यसअघि बसेको सत्तारुढ पाँच दलको बैठकले पनि गठबन्धनका दलबीच सहमति भएपछि मात्रै एमसीसी संसदमा पेस गर्ने समझदारी गरेको थियो ।

यसैबीच सर्वदली बैठकले नेकपा एमालेलाई सम्वादमा आउनु आह्वान गरेको छ । बैठकले संसद अवरोध नगरी निकासको वातावरण सिर्जना गर्न एमालेलाई आग्रह गरेको हो । आइतबारको बैठकमा एमाले सहभागि भएन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय