नेपाली सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने तयारी गरेको छ । ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका जनाएको छ ।

बालबालिकालाई पुग्ने गरी ८४ लाख डोज खोप खरिदका लागि प्रस्ताव पठाइएको छ । सो खोप प्राप्त भएपछि २ डोजको रुपमा ४२ लाख बालबालिकालाई पुग्ने अनुमान गरिएको छ ।

अहिले नयाँ उत्पादन भएको फाइजरको खोप ५ वर्ष देखि माथि उमेरका बालबालिकालाई लगाउन मिल्ने भनिएको छ । डा मरासिनीले भने, ५ वर्ष माथि देखि १२ वर्षसम्मका बालबालिकालाई हामीले खोप लगाउन पाएका छैनौं, अब खरिद गरेर उनीहरुलाई पनि खोप लगाउने योजना गरेका छौं ।

यसअघि नेपालमा १२ देखि १८ वर्ष उमेर समुहका बालबालिकालाई मोर्डना र फाइजरको खोप दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय