मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्सले अग्र स्थानमा रहेको छ । पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।
कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात मंसिर अन्त्यसम्मको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ ।

जीवन बीमाको क्षेत्रमा नेपाललाइफ देशकै नं १ कम्पनीहो । कम्पनीले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याम मार्फत “नेपालकै नं १”अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुतगर्दै एउटा अभियान नै सञ्चालन गर्यो ।

जीवन बीमाको विश्वसनीयता तथा जीवन बीमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुष ६ गते देखि नेपालकै नं. १ अभियान सार्वजनिक गरेको थियो । कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले अभियान मार्फत कम्पनीलाई यस उचाईँसम्म पुर्याउन सकिएको जानाएका छन् ।
आ.व. २०७८\७९ को पहिलो त्रैमासिकको अन्त्य सम्मकम्पनी सँग रु ११८.७६ अर्बको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमा लेख जारी, रु ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ  । साथै अधिकांश सुचकांकले नेपाल लाइफ जीवन बीमा क्षेत्रमा अब्बल सावित भएको कम्पनीको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय