नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत बिहीबार सबै समूहको सुझाव पेश गर्नेक्रम सकिएको छ । अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदनमाथि बुधबारदेखि सुरु भएको समूहगत सुझाव पेस गर्ने क्रम बिहीबार सकिएको हो ।

आज दिउँसो  लेखा, अनुशासन र निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत एवम् छलफल गर्ने कार्यक्रम रहेको छ । शुक्रवार तीन वटै आयोगको प्रतिवेदन पेश भएपछि पार्टी अध्यक्ष दाहालले जवाफ दिने कार्यक्रम रहेको छ ।

राजनीतिक प्रतिवेदनमाथिको सुझावमा मुख्यतः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा विचारको संश्लेषण, नेतृत्व केन्द्रीकरण लगायत विषय उठेको र यसका कार्यान्वयनका लागि विश्वासको वातावरण बनाउनुपर्ने विषयमा छलफल भएको छ ।

आज अध्यक्षको जवाफसँगै नयाँ केन्द्रीय समिति चयन गर्ने र महाधिवेशन समापन गर्ने कार्यक्रम रहेको छ । यसअघि बिहीबारै समापन गर्ने भनिए पनि एक दिन थपिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link