नारायणहिटी दरबार संग्रहाल तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले पदबाट दिएको राजीनामा दिएका छन् ।

दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफ्नो पदबाट राजीनामा दिएको लिखित पत्र बुझाएका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले दाहालको राजीनामा स्वीकृत गरेका छन् ।

दाहाल नारायणहिटी दरबार संग्रहालयमा ‘बतास समूह’को कब्जा प्रकरणमा विवादमा मुछिएका थिए । उक्त प्रकणको छानबिनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले दाहालको भूमिकालाई सन्देहात्मक भनेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय