अफगानिस्तानका लागि मानवीय सहायता सामग्री बोकेर हिमालयन एयरलाइन्सको जहाज काबुल प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार औषधि, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्रीसहित काबुल प्रस्थान गरेको हो ।
उक्त सहायता सामग्री परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्ने छिन् । संयुक्त राष्ट्रसंघको कार्यालयमा सामग्री हस्तान्तरण गरेर नेपाली टोली स्वदेश फर्किने छ ।
परराष्ट्र मन्त्रि नारायण खड्काका अनुसार संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार सहायता सामग्रीमा औषधि, लत्ता कपडा, भाँडाकुँडा समावेश रहेको छ ।
अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकट देखिएको समाचारहरु सार्वजनिक भएका छन् ।




