कोरोना भाइरसका सक्रिय संक्रमित  हुनेको संख्या ७०  हजार  पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ५७ हजार ३ सय २८ पुगेको हो । दैनिक १० हजार भन्दा बढीको संख्यामा संक्रमित हुँनेको बढेको छ । यो सँगै आज ७० जजार संक्रमित पुग्ने देखिन्छ ।

पछिल्लो २४ घन्टामा गरेको २७ हजार ४ सय ९७ परीक्षणबाट १२ हजार ३ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार ६४९ जना डिस्चार्ज भएका छन् भने ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट ९ लाख ९५ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ८ लाख १८ हजार निको भइसकेका छन् ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३७ हजार ९३ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौंमा मात्र २६ हजार ९ सय ९८ जना छन् भने भक्तपुरमा ३७८३ र ललितपुरमा ६६१२ जना सक्रिय संक्रमित छन् ।

२४ घण्टामा ६४९ जना निको भएका छन्। योसँगै निको हुनेको कुल संख्या ८ लाख १८ हजार ८०९ पुगेको छ । त्यस्तै २४ घण्टायता ४ संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link