नेपाली कांग्रेसका प्रभावसाली नेता एवं केन्द्रीय सदस्य शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताएका छन् । विराटनगरस्थित कोइराला निवासमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले यो निर्वाचन कुनै बहानामा सार्न नहुने बताए ।
उनले सरकारले निर्वाचनका विषयमा सिधै निर्वाचन आयोगसँग छलफल गरी टुंगो लगाउनुपर्ने तर्क गर्दै ऐन कानून परिवर्तन गरेर निर्वाचन सार्न नहुने बताए । कोइरालाले गठबन्धन दलसँगभन्दा पनि सरकारले निर्वाचन आयोगसँग छलफल गरेर निर्वाचनको मिति तोक्दा राम्रो हुनेछ ।
कोइरालाले पार्टीको १४ औँ महाधिवेशनमा पराजित भएका वरिष्ठ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्न नेतृत्वलाई सुझाव समेत दिए ।यस्तै उनले प्रदेश नं १ को नामकरण दलको सहमतिमा हुनुपर्ने समेत बताएका छन् ।




