बुधबार बस्ने तय भएको प्रतिनिधि सभाको बैठक एक सातका लागि सरेको छ । प्रतिनिधि सभाको बैठक फागुन २ गते सम्मका लागि स्थगित गरिएको हो । विषेश कारण बस बुधबारको बैठक बस्न नसक्ने भएकाले बैठक स्थगित गर्न परेको संसद सचिवालयले जनाएको छ ।
संघीय संसद् सचिवालयले बुधबारको बस्ने बैठकका लागि सम्भावित कार्यसूची समेत सार्वजनिक गरिसकेको थियो । सम्भावित कार्यसूचीमा अमेरिकी आर्थिक सहायता (एमसीसी) सम्झौता अटेको थिएन ।
सरकारले एमसीसी सम्झौता अनुमोदनका लागि संसदीय प्रक्रिया (प्रतिनिधि सभा बैठकमा टेबुल गर्ने प्रक्रिया) अगाडि बढाउन खोजेको चर्चा चलेको बेला बैठक फेरि स्थगित भएको हो । यसअघि पनि प्रतिनिधि सभा बैठक १० दिन सारेर २६ गतेका लागि तय भएको थियो ।




