विगत २१ वर्षदेखि नेपाली जीवन बीमाक्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरी आम जनमानसमा लोकप्रिय बनेको नेपाल लाइफ इन्स्योरेन्स
कम्पनीले समय सापेक्ष उत्कृष्ट किसिमका जीवन बीमा योजनाहरू ल्याएर थप लोकप्रिय कायम गर्न सफल भएको छ । यस्तै लोकप्रीय अग्रिम भुक्तानि तथा आजीवन विशेषता समाहित जीवन बीमा योजना मध्येको नेपाल लाइफ सदावहार जीवन बीमा योजना
एक हो ।
लगानी कर्ता कम समयमै प्रतिफल  प्राप्त गरी जिन्दगीभर ढुक्क रहन चाहन्छन् । सेवाग्राहीहरूको यही चाहना अनुसारको बीमा योजना अनुसार नेपाल लाइफ इन्स्यूरेन्सले नेपाल लाइफ सदावहार जीवन बीमा योजना’ ल्याएको हो । प्रत्येक वर्ष बीमाङ्कको ५ प्रतिशतका दरले आउने रकम बीमालेखको वार्षिकोत्सवमा भुक्तानी लिन सकिने छ ।
विशेषताहरूः
यो जीवन बीमा योजनाका लागि न्यूनतम बीमाङ्क रकम २ लाख रूपैयाँ कायम गरिएको छ । तर, सेवाग्राहीको आयस्रोतका आधारमा यो योजनामा जति पनि बीमाङ्क रकम राखेर सहभागी बन्न सकिने छ ।

न्यूनतम बीमाङ्क : रु.२००,०००/– कायम गरिएको छ ।
अधिकतम बीमाङ्क : आय स्रोतको आधारमा जति पनि गर्न सकिने छ ।
न्यूनतम प्रवेश उमेर : ११ बर्ष
अधिकतम प्रवेश उमेर : ६५ बर्ष
ऐच्छिक सुविधा प्रवेश उमेर : (दुर्घटना मृत्यु लाभ, बीमाशुल्क छुट सुविधा र अशक्त सुविधा) लिनको लागि १६ बर्ष र (घातक रोग सुविधा) लिनको लागि १८ बर्ष
न्यूनतम बीमाशुल्क भुक्तानी अवधि : ५ बर्ष
अधिकतम बीमाशुल्क भुक्तानी अवधि : २० बर्ष
बीमाशुल्क भुक्तानी समाप्त हुने अधिकतम उमेर : ७० बर्ष
बीमाशुल्क भुक्तानी तरिका : एकल, बार्षिक, अर्ध–बार्षिक, त्रैमासिक र मासिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link