रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले आणविक हतियार हासिल गर्ने प्रयास गरिरहेको बताएका छन् । उनले यो ठूलो खतरा रहेको र यसलाई रोक्न आवश्यक रहेको बताए ।

समाचार एजेन्सी रोयटर्सका अनुसार उनले भने, ‘युक्रेनसँग अझै सोभियत आणविक प्रविधि छ । त्यसैले रूसले यो धम्कीलाई सफलतापूर्वक जवाफ दिनुपर्छ ।’ लाभरोभको पूर्व रेकर्ड गरिएको भाषण स्विट्जरल्याण्डमा निशस्त्रीकरणसम्बन्धि संयुक्त राष्ट्र बैठकमा सुनाइएको थियो । उनले पूर्व सोभियत संघका देशहरूमा पश्चिमी देशहरूले सैन्य अड्डाहरू निर्माण नगर्न चेतावनी दिए ।

लाभरोभले रूसले युक्रेनको आणविक हतियार हासिल गर्ने प्रयासलाई रोक्ने बताए । तर, सोही भेटमा युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसले आफ्नो देशमा अन्धाधुन्ध गोली चलाएर युद्ध अपराध गरिरहेको बताए ।

उनले रुसको यो आक्रामक रवैया र नरसंहारका हतियारको प्रयोग रोक्न विशेष बैठक बोलाउन आग्रह ग रे। ‘युक्रेनी आवासीय भवनहरू, किन्डरगार्टेनहरू, अनाथालयहरू, अस्पतालहरू, आपतकालीन सवारी साधनहरू, यात्रु बसहरू र देशबाट भागेका शरणार्थीहरूमा मिसाइल प्रहारको कुनै औचित्य छैन,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link