आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत आज भएको एकदिवसीय सिरिजमा नेपालले पपुवा न्यूगीनी(पीएनजी)लाई ४ बल बाँकी छदै २ विकेटले हराएको छ ।

पपुवा न्यूगीनी(पीएनजी)ले नेपाललाई जितका लागि दिएका २०५ रनको लक्ष्य पछ्याँउदै नेपालले ४९.२ ओभारमा ८ विकेट गुमाउँदै २१० रन जोडेको हो । युएईको सारजाह मैदानमा भएको खेलमा पीएनजीले टस जितेर ब्याटिङ् रोजेको थियो ।

पीएनजी ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा २०४ रन जोडेको थियो  ।

खराब सुरुआत गरेको नेपालको जितमा रोहित पौडेल र आरिफ शेखले शतकीय साझेदारी इनिङ्स खेले। रोहितले ५८ रन जोड्दा आरिफले ५३ रन बनाएका थिए । पीएनजीका नोरम्यान भानुवा, रिले हेकुरे र एली नाओले २/२ विकेट लिए ।

पीएनजीका लागि चार्ल्स अमिनीले ५९ रनको अर्धशतकीय इनिङ खेले । उनले ८२ बल खेल्दै ७ चौका प्रहार गरेका थिए ।

यस्तै ओपनर टोनी उराले २७ तथा लेगा सियकाले २५ रन बनाए । चाद सोपरले ३५, नोरमान भानुले २३ असद भालाले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । यस्तै सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल र आरिफ शेखले समान १/१ विकेट लिए ।

नेपालले दोस्रो खेलमा शुक्रबार युएईसँग खेल्नेछ । यस्तै नेपालले तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा खेल्नेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले पीएनजीलाई हराएर सुखद सुरुवात गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link