काठमाडौंको चन्द्रागिरी नगरपालिकामा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । स्थानीय युनाइटेड क्लब हरियालीको आयोजनामा चन्द्रागिरी नगरपालिका वडा नम्बर १२ मा उक्त प्रतियोगिता सम्पन्न भएको हो । फागु पुर्णिमाको अवसरमा आयोजना गरिएको प्रतियोगिता २४ टिमको सहभागि भएका थिए ।

प्रतियोगितामा प्रमुख सुरेन्द्र बहादुर बोहराको टिमले प्रथम स्थान हासिल गर्न सफल भयो ।  त्यसै गरि सुरज पोख्रेल र कमल खड्का द्वितीय भए भने शालिकराम काफ्लेको जोडीले तृतीय स्थान हासिल गर्न सफल भयो ।  कार्यक्रममा खेलाडी हरुलाई ट्रफी मेडल र प्रमाणपत्र बितरण गरिएको थियो ।

कार्यक्रम चन्द्रागिरी नगर प्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो । त्यस्तै  १२ नम्बर वडा अध्यक्ष प्रकाश श्रेष्ठ थानकोट प्रहरी बृतका प्रमुख डिल्ली नारायण पाण्डे, बलम्बु प्रहरी प्रमुख गणेश कोईराला लगायत विभिन्न सामाजिक ब्याक्तित्वहरुको उपस्तिथि रहेकोे थियो ।

कार्यक्रममा बोल्दै मेयर घनश्याम गिरीले यस्ता प्रतियोगिता ले मानिस को शारीरिक र मानसिक रुपमा तन्दुरुस्ती बढ्ने भन्दै प्रतियोगिता को प्रशंसा गरे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link