
त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत बुधबार भएको नेपाल र मलेसियाको खेलमा नेपालले सहज जित निकालेको छ । नेपालले मलेसियालाई ७.४ ओभर बाँकी छँदै ६ विकेटले खेल जितेको हो । नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर ११७ रन जोडेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारीत २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ११४ रन जोडेको थियो ।
नेपालका लागि दिलिप नाथ नटआउट रहँदै १५ रन र कुशल मल्लले २ रनको योगदान गरे । त्यस्तै आशिफ शेखले ५५, दिपेन्द्रसिंह ऐरीले २१ रन जोडे। यस्तै रोहित पौडेल १२ रन तथा कुशल भुर्तेल १ रन जोडे ।
त्यस्तै नेपालका लागि करन केसी र सन्दिप लामिछानेले समान २/२ विकेट लिए । यस्तै कुशल मल्ल, अविनाश बोहरा र दिपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।