टेलिकमको प्रबन्ध निर्देशकका लागि ९ जना प्रतिस्पर्धी मध्ये संगीता पहाडी अर्याल बलियो दावेदार हुन् । टेलिकमको प्रमुख व्यावसायिक अधिकृत पदमा कार्यरत पहाडीको योगदान टेलिकमको व्यवसायीक सफलता आसिल गर्न महत्वपूर्ण रहेको छ । २९ वर्ष देखि पहाडीले टेलिकमको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी छन् । योग्यता, क्षमता र लगनसिलतामा अब्बल रहेकी पहाडी २०४९ सालमा नेपाल टेलिकम प्रवेश गरेकी हुन् ।

उनले २१ वर्ष अघि टेलिकमिनीकेशनमा स्नातकोत्तर गरेकी छन् ।  भारतको मोतिलाल नेहरु विश्वविद्यालयबाट उनले इन्जिनेरिङमा स्नातक गरेरी गरेकी छन् । त्यस्तै विभिन्न विषयमा उनले विज्ञता हासिल गरेकी छन् । प्लानिङमा २२ बर्षको अनुभव छ उनको । म्यान्टीनेन्स, ट्रास्मिनस सिस्टम, अप्टिकल फाईवर, माईक्रोवेभ आदिमा लामो अनुभव छ । त्यस्तै सेलुलर नेटवर्क ‘मोबाईल सिस्टम थ्री जी, फोर थ्री, फाइभ जी’मा २२ बर्षको अनुभव छ ।

टेक्लोनोजीमा अगाडी रहेका विभिन्न  देशमा पुगेर पहाडीले अध्यायन र तालिम हासिल गरेकी छन् । नर्वेमा माइक्रो वेभ सिस्टम, फिनल्याण्डमा मल्लि प्लेक्जर नोकिया तालिम, फिनल्याण्डमै सोलार ‘एनईएसटिई’  तालिम हासिल गरेकी छन् । त्यस्तै फ्रान्समा मोबाईल नेटवर्क ‘एनओआरटिइएल’, इटालीमा माईक्रो वेभ सिस्टम ‘एसआईइए’, स्पेनमा मोबाईल ‘एक्स्पो’ र तालिममा सहभागी भएको अनुभव उनिसँग छ । उनि एक मात्र महिला प्रतिस्पर्धी हुन् ।

टेलिकमका कर्मचारीको चाहाना पनि  ‘पहाडी’ 

टेलिकमका कर्मचारीले पनि उनै पहाडीलाई प्रबन्ध निर्देशक बनाउन चाहेका छन् । कर्मचारीले आफ्नै कम्पनीमा कार्यरत ३० वर्षको अनुभव भएकालाई निर्देशक बनाउन चाहेका हुन् । टेलिकम बारे जानेको बुझेको व्यक्तिले नेतृत्व सम्हाले अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्न सकिने उनिहरुले बताएका छन् । टेलिकम सम्बन्धी जानकारी नै नभएको र निर्देशक भएर परिक्षण भइसकेका व्यक्तिलाई जिम्मेवारी दिए कम्पनी माथि उठ्न नसक्ने उनिहरुको ठहर छ ।

यसैबीच नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि मापदण्ड संशोधन गर्ने सरकारी निर्णयविरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै नयाँ नियुक्ति प्रक्रिया अघि बढेको छ । अदालतले यसअघिको अन्तरिम आदेश र रिट निवेदन दुबै खारेज गरेकाले नियुक्ति प्रक्रिया अघि बढेको हो ।

आदालतले रिट खारेज गरे लगतै  सञ्चार मन्त्रालयले  टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिको प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले प्रबन्ध निर्देशक नियुक्तिको लागि परेको दरखास्तबाट छनौट भएका उम्मेदवारको सूची प्रकाशित गरेको छ ।

टेलिकममा प्रबन्ध निर्देशकको लागि ९ जना प्रतिस्पर्धी छन् ।  जस अनुसार संगीता पहाडी अर्याल, दीपकबहादुर शाही, नगेन्द्रकुमार दास, प्रदीपराज उपाध्याय छन् । त्यस्तै बुद्धिप्रसाद आचार्य, सुनिल पौडेल, अर्जुनबाबु ढकाल, सुरजसिंह थापा र अमलेन्दु नारायण सिंह रहेका छन् । प्रतिस्पर्धी मध्ये पहाडी हाल टेलिकमको प्रमुख व्यावसायिक अधिकृत हुन् । त्यस्तै उनि एक मात्र महिला प्रतिस्पर्धी पनि हुन् ।

मन्त्रालयले छनोट प्रक्रिया व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तरवार्ताको आधारबाट अघि बढाउने छ । स्रोतका केहि दिन भित्रै यो प्रक्रिया अघि बढ्ने छ । मन्त्रालयले बैसाख ३० गते हुने निर्वाचनको लागि आचार संहिता लागू गर्न अघिनै नियुक्ति गर्ने गरि प्रक्रिय अघि बढाउको छ । निर्वाचन आयोगले यहि २५ गतेसम्ममा निर्वाचन आचार संहिता लागू गर्ने तयारी गरेको छ ।

सरकारले २२ मंसिरमा टेलिकममा प्रबन्ध निर्देशकका लागि विज्ञापन गरेको थियो । तत्कालीन प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यकाल सकिएसँगै टेलिकम नेतृत्वविहीन छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link