चन्द्रागिरी ब्याडमिन्टन क्लबको अध्यक्षमा राजकुमार पोख्रेल चयन भएका छन् । क्लबको साधारण सभाले पोख्रेललाई अध्यक्षमा चयन गरेको हो । साधारणसभाले अध्यक्ष सहित सात सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष नबल गुरुङ, सचिब मनोहर बिक्रम कुवर, कोषाध्यक्षमा सन्तोष पन्थ चयन भएका छन् ।  त्यस्तै सदस्यहरुमा सुरज पोख्रेल, माधब बेल्बासे, सुरेन्द्र बोहरा चयन भएका छन् ।

कार्यक्रमा क्लबका अध्यक्ष पोख्रेलले आगामी दिनमा ब्याडमिन्टन खेलको स्तर उन्नतिका लागि बिद्यालय स्तरिय प्रतियोगिता संचालन गर्ने, खेलाडी तथा एम्पायर हरुलाई प्रशिक्षण दिने र चन्द्रागिरी नगरपालिका भित्र रहेका ब्याडमिन्टन क्लबको संजाल गठन गरि ब्याडमिन्टन खेलको गुणात्मक बिकास गर्ने प्रतिवद्धता जनाउका छन् ।  कार्यक्रम मा प्रमुख अतिथि समाजसेवी यब क्लबका सस्थापक अध्यक्ष देबेन्द्र प्रधान, युनाईटेड ब्याडमिन्टन क्लबका अध्यक्ष नारायण प्रसाद सिग्देल, मानव अधिकार तथा शान्ति सरोकार समाजका अध्यक्ष शालिकराम कफ्ले, लगायत क्लबका सदस्य तथा खेलाडी हरुको उपस्तिथि रहेको थियो ।

स्थापनाको छोटो समयमा क्लबले ठूलो फड्को मारेको छ । क्लबले कोभिड १९ मा चन्द्रागिरी नगरपालिकाको बिपद ब्यबस्थापन कोषमा १,०३,१०६ रुपैयाँ आर्थिक सहयोग गरेको थियो । त्यस्तै गरि सबै विधाका खेलाडीहरुको लागि राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा राष्ट्रिय ट्रमा सेन्टर सहुलियत पुर्ण उपचार सम्झौता गर्न क्लबले महत्वपूर्ण भुमिका निर्वाह गरेको छ । उक्त कार्यको प्रशंसागर्दै राखेपले क्लबलाई सम्मान समेत गरेको छ ।

क्लबका खेलाडीले सबै किसिमका क्षेत्रीय प्रतियोगितामा भाग लिएर उपाधी समेत हात पार्न सफल भएका छन् ।  निर्वाचित अध्यक्ष आफै ब्याडमिन्टनका राष्ट्रिय खेलाडी हुन् । उनले आगामी दिनमा ब्याडमिन्टन खेलको स्तर उन्नतिका लागि बिद्यालय स्तरिय प्रतियोगिता संचालन गर्ने, खेलाडी तथा एम्पायर हरुलाई प्रशिक्षण दिने र चन्द्रागिरी नगरपालिका भित्र रहेका ब्याडमिन्टन क्लब को संजाल गठन गरि ब्याडमिन्टन खेलको गुणात्मक बिकास गर्नेमा जोड दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि एवं समाजसेवी एवं क्लबका सस्थापक अध्यक्ष देबेन्द्र प्रधान, युनाईटेड ब्याडमिन्टन क्लबका अध्यक्ष नारायण प्रसाद सिग्देल, मानव अधिकारी तथा शान्ति सरोकार समाज नेपालका अध्यक्ष शालिकराम काफ्ले लगायत क्लबका सदस्य तथा खेलाडीहरुको उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link