बैसाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगमा काम चटारो बढेको छ । निर्वाचन आचारसंहिता कार्यान्वयनदेखि कर्मचारीलाई तालिम दिन प्रमुख आयुक्तदेखि कर्मचारीहरु चटारो छ । आयोगको ध्यान बैशाख ३० मा तोकिएको निर्वाचन सफल पार्नतिर छ। स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन गराउने सबै खाले प्रयास गरिरहेका छन् ।

‘मसिनो, सघन र द्रूतगतिमा हामी निर्वाचनका लागि सबै कामहरु गरिरहेका छौं,’ आयोगका सह-प्रवक्ता सूर्य आर्याले भने, ‘निर्वाचन समाग्री प्याकिङ गरेर जिल्लामा पठाउन थालेका छौं ।’ निर्वाचन समाग्री व्यवस्थानदेखि प्याकिङ गर्न आयोगका १२० जना र काजसरुवा आएका ६० गरी १८० जना कर्मचारी खटिएका छन् ।

१ करोड ९५ लाख मतपत्रमध्ये आधा मतपत्र छपाइ भइसकेको निर्वाचन आयोगले जनाएको छ । ४५ जिल्लाको मतपत्र छपाइ सकिएको छ । बैशाख दोस्रो सातादेखि जिल्लामा मतपत्र दुवानी हुने सह-प्रवक्ता आर्यालले बताए ।

हुमला, जुमला, मुगु जस्ता विकट जिल्लामा हेलिकोप्टरबाट मतपत्र र निर्वाचन समाग्री पठाउन व्यवस्था मिलाइएको छ । ‘निर्वाचनमा प्रयोग हुने मतपत्रदेखि स्वस्तिक छापसम्मका ५८ प्रकारका समाग्री दिनहुँ आइरहको छ,’ उनले भने, ‘निर्वाचन समाग्री खरिदमा झण्डै ८० करोड बढी खर्च भएको छ ।’ मतपत्र छपाईमा मात्रै ३० कारोड बढी खर्च भएको उनी सुनाउँछन् ।

आयोगले ३५ लाख मतदातालाई नयाँ मतदाता परिचयपत्र वितरण गर्न तयारी गरेको छ । परिचयपत्र धामधम छपाइ भइरहेको छ। ‘नयाँ मतदाता तथा मतदाता परिचयपत्र हराएका लागि यो परिचयपत्र वितरण गर्छौं,’ उनले भने, ‘आर्थिक वर्ष २०६६-०७८ देखि आयोगले फोटोसहितको मतदाता नामावली लागू गरेको थियो ।’ मतदाताको पहिचान गर्न यो व्यवस्था लागू गरिएको थियो ।

बैशाख ३० मा हुने निर्वाचनमा ७९ दल सहभागी छन् । सबै दललाई आयोगले चुनवा चिह्न प्रदान गरिसकेको छ । कार्यकर्ताहरुलाई मिलाएर उनीहरु उम्मेदवारको टुंगो लगाउन प्रयासमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link