सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) राजु अर्याल एआईजीमा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालयको बढुवा समितिको आइतबार राति बसेको बैठकले एक नम्बर वरियतामा रहेका अर्याललाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिसलाई मन्त्रिपरिषद्‌ले स्वीकृत गरेपछि नियुक्ति हुनेछ ।

प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सेवानिवृत्त भएपछि सरकारले एआईजी पुष्पराम केसीलाई नयाँ आईजीपी नियुक्त गरेको छ । उनले उमेर हदका कारण वैशाख १९ गते अवकाश पाउने छन् ।

त्यसपछि अर्याल चार वर्षका लागि सशस्त्रको नयाँ आईजीपी बन्नेछन् । अर्यालसँगै भावी आईजीपीको दौडमा डीआईजीहरु नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम थिए । तर बढुवा समितिले अर्याललाई रोजेपछि उनी नै नयाँ आईजीपी हुने निश्चित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय