
अभिनेत्री केकी अधिकारीले विवाह गरेकी छिन् । उनी व्यवसायी रोहित तिवारीसँग सुटुक्क विवाह बन्धनमा बाँधिएकी हुन् । बिहीबार बिहानबाटै केकीको विवाह बारेमा चर्चा भए पनि कार्यक्रममा भने सीमितलाई मात्रै बोलाइएको थियो ।
विवाहमा परिवारका सदस्य र निकटका साथीहरुको मात्रै उपस्थिति थियो । सीमित संख्यामा आफन्त र साथीभाइको उपस्थितिमा केकी र रोहित विवाह बन्धनमा बाँधिएका हुन् । केकीले विवाह गरेका रोहित पेशाले व्यवसायी हुन् । अनलाइन मार्केटप्लेस ‘हाम्रो बजार’मा रोहित सिइओ छन् ।