
गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । परिवार र आफन्तको उपस्थितिमा मंगलबार चितवनको एक पार्टी प्यालेसमा इन्दिरा र शरदले लामो प्रेम सम्बन्धलाई विहेमा परिणत गरेका हुन् ।
इन्दिराले आइतबार मेहेन्दी सेरेमोनी आयोजना गरेकी थिइन् । इन्दिराका पति शरद फेसन डिजाइनर हुन् । शरदले इन्दिरालाई हेलिकोप्टरबाट नाम्चे लगेर विहेको प्रस्ताव गरेका थिए ।