एजेन्सीः जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । अबेको छातीमा गोली लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जापानको नारा सहरमा भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको बीबीसीले उल्लेख गरेको छ ।
गोली लागेपछि उनी सडकमै ढलेका थिए। उनी ढलेको ठाउँमा रगत देखिएको थियो । उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।स्थानीय समयअनुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको भएको । गोली प्रहारमा संलग्न रहेको आरोपमा एक जना पुरूषलाई पक्राउ गरी हिरासतमा राखिएको रोयटर्सले लेखेको छ ।
आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ । उक्त चुनावी अभियानको कार्यक्रममा आबेले सम्बोधन गरिरहेका थिए। आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री थिए ।




