चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउने भएका छ न्। उनी आगामी आइतबार नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र स्रोतले जनाएको छ । कति दिनको नेपाल भ्रमण हो भन्नेबारे भने यकिन हुन सकेको छैन ।

नेपालमा उनले राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतलाई भेट्ने कार्यक्रम रहेको छ।भेटको तालिका भने दूतावासले गोप्य राखेको छ । वाम एकता, आगामी प्रतिनिधि सभा निर्वाचन र अमेरिकी चासो बढिरहेको समयमा उच्च तहको चिनियाँ भ्रमण हुन लागेको हो ।

लिउ नेतृत्वको चिनियाँ टोलीले असार ९ गते माओवादी केन्द्रका अध्यक्ष दाहाल र असार १० गते एमाले अध्यक्ष ओलीसँग भर्चुअल सम्वाद गरेको थियो । त्यस्तै परराष्ट्रमन्त्री नारायण खड्कासँग असार १६ गते भर्चुअल कुराकानी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय