स्वर्गीय नारायण प्रसाद सञ्जेलको स्मृतिमा झापा जिल्ला कमल गाउँपालिका स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा छात्रबृति कोष स्थापना गरिएको छ । सञ्जेल फाउन्डेसनले महेन्द्र रत्न माध्यमिक विद्यालयमा अध्यानरत उत्कृष्ट छात्र छात्रालाई छात्रबृति प्रदान गर्ने गरि कोष स्थापना गरेको हो । कोषको राषी ५,००,००० (पाँच लाख) रुपैयाँ रहेको छ ।

फाउन्डेसनले प्रदान गरेको उक्त रकम बैंकको फिक्स खातामा जम्मा गर्ने र त्यसको ब्याजले प्रत्येक बर्ष उत्कृष्ट छात्र छात्रालाई छात्रबृति प्रदान गरिने छ । छात्रबृति कोषकालागि फाउन्डेसनका तर्फबाट अग्नि सञ्जेल र कोष सञ्चालनका लागि तोपगाजी थरमपुर मैत्री समाजका अध्यक्ष यज्ञराज न्यौपाने सहित समाजका सदस्यहरु बीच हस्ताक्षर भएको हो ।

छात्रबृतिको उक्त रकम फाउन्डेसनले बैंकको खातामा जम्मा गरेको छ । कोषको लागि स्वर्गीय सञ्जेलका आमा, बुबा, श्रीमती, छोरा, छोरी, दाजु, भाइ तथा समस्त सञ्जेल परिवारको  सक्रियतामा स्थापना गरिएको हो ।

स्वर्गीय सञ्जेलको बाल्यकाल झापाएको तोपगाछीमा वितेको थियो । उहाँले २०२९ सालमा महेन्द्र रत्न माध्यमिक विद्यालयबाट प्रथम श्रेणीमा एसएलसी उत्रिण गर्नु भएको थियो । निजामति सेवाबाट अवकास लिनु भएका सञ्जेलको एक बर्ष अगि कोभिडका कारण दुखःद निधन भएको थियो । उहाँ सहसचिवबाट रिटायर हुनुभएको थियो । जीवनमा उहाँ सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । निजामति सेवामा रहँदा उहाँ इमानदार कर्मचारी मध्ये पर्नुहुन्थ्यो ।  उहाँको वार्षिक स्मृतिमा नारायण सञ्जेल स्मारिका समेत प्रकाशित छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय