बुढानिलकण्ठका युवाहरुको संयुक्त प्रयाशमा काठमाडौंको न्यूरोडमा नयाँ व्यवसाय सञ्चालनमा आएको छ । इन्भेष्टमेन्ट कम्पनी मार्फत विभिन्न क्षेत्रमा लगानी गरिरहेका बुढानिलकण्ठका युवाले ग्लोरी मर्चेन्ट प्रा.ली. मार्फत नयाँ व्यवसाय सुरुगरेको हो । ग्योरी मर्चेन्ट प्रा.ली.ले न्यूरोडमा आइटेल र टेक्नो मोवाईलको डिलर सुरु गरेका छ । ग्लोरी मर्चेन्ट प्रा.ली.ले आइटेल र टेक्नो मोवाईल डिलर एकै पटक सञ्चालनमा ल्याएको हो । बिहीबार उक्त डिलर विधिवत रुपमा सञ्चालनमा आएको छ ।

बुढानिलकण्ठका युवा व्यवसायी केशर ठकुरी, राजकाजी श्रेष्ठ र जनक थापा लगायत अन्य व्यवसायी उक्त कम्पनीमा प्रत्यक्ष जोडिएका छन् । विविध क्षेत्रमा लगानी गर्ने हेतुले आइटेल र टेक्नो मोवाईल डिलर सञ्चालनमा ल्याईएको ग्लोरी मर्चेन्टका अध्यक्ष केशर ठकुरीको भनाई छ । बुढानिलकण्ठका ठकुरी श्रेष्ठ र थापा लगायत अन्य युवाहरुको शैक्षिक, वित्तिय तथा मुद्रण क्षेत्रमा लगानी रहेको छ ।

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय