बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यक्रमका तत्कालीन सहिवसहितविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उक्त अभियानअन्तर्गत छात्राहरुलाई साइकल दिने अभियान सञ्चालन गरेका थिए । साइकल खरिदमा अनियमितता भएको सूचनापछि केही समयअघि आयोगको टोलीले मुख्य मन्त्रीको कार्यालयमा छापासमेत मारेको थियो ।

आयोगले मुख्यमन्त्री कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, सीडीई भगवान झा, सहलेखापाल राजाराम मण्डल, शाखा अधिकृत राम स्वार्थ महतो, खरिदार जित मोहन कुमार दास र ओम सत्य साई प्रालिकी प्रबन्ध निर्देशक रेनु अग्रवालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुसँग जनही १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो दाबी गर्दै हदैसम्मको सजायको माग आयोगले गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय