दोलखाका विवादित मतदान केन्द्रहरूमा फेरि मतदान हुने भएको छ । सोमबार बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले यसअघि रद्द गरिएका केन्द्रमा मंसिर १५ गते फेरि चुनाव गर्ने निर्णय गरेको हो ।

दोलखाका १० मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्ष आयोगको थियो । मंसिर ४ को चुनावमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै नेकपा एमालेले उजुरी दिएपछि निर्वाचन आयोगको टोली दोलखा पुगेर अध्ययन गरेको थियो ।

यसपछि आयोगले विवादित केन्द्रमा पुन: मतदान गराउन भनेको थियो । वैतेश्वर गाउँपालिका २ जनज्योति माविका क र ख केन्द्र, वडा नम्बर ३ को कालिढुंगा मावि क, ख र ग केन्द्र, ६ को वैतेश्वर मावि क, ख र ग केन्द्र, तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवनमा रहेका क र ख केन्द्र गरी १० केन्द्रमा पुन: मतदान गर्ने निर्णय आयोगले गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link