नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोनका लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । एक विषेश समारोहका बीच यस इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोवाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त एपलाई सार्वजनिक गरेका हुन्  ।
परिष्कृत र नयाँ सुविधासहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ । ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेसन मार्फत लाभ लिन सक्नेछन् ।

सर्वप्रथम एपलाई एप स्टोर वा प्ले स्टोरबाट डाउनलोड गरी आफ्नो रजिस्टर्ड फोन नम्बरको माध्यमबाट आफुलाई रजिस्टर गरि लग इन गर्न सकिने छ । आफू अभिकर्ता वा बिमित छनौट गरि आफ्नो प्रोफाइल एड गर्न सकिने छ । एप्लिकेसनमा एकै जनाको एक भन्दा बढी बिमालेख भएमा सबैलाई लिस्ट गर्न सकिने छ । आफ्नो बिमालेख प्रोफाइलमा एड गरे पश्चात आफ्नो बिमासँग सम्बन्धित जानकारी एकै ठाँउमा सरल तथा सहज रुपमा प्राप्त गर्न सकिने इन्स्योरेन्सले जनाएको छ ।

एपमा अन्य सुविधाहरुको रुपमा प्रिमियम हिसाब, बिमा योजनाको जानकारी, शाखा तथा उपशाखाहरुको स्थान तथा सम्पर्क नम्बर तथा यस इन्स्योरेन्सले सार्वजनिक गरेको जानकारी मुलक, तथा मनोरन्जनात्मक श्रब्य दृश्य सामग्रीहरु पढ्न तथा हेर्न सकिनेछ ।
हाल इन्स्योरेन्सले ल्याएको एपलाई समयानुकूल स्तरवृद्धि गर्दै ग्राहकलाई जीवन बिमा सम्बन्धी सम्पूर्ण सुविधाहरु चुस्त दुरुस्त तरिकाले एकद्वार नीतिको अबलम्बन गर्दै सेवा प्रवाह गर्ने प्रतिबद्घता नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link