नेपाली कांग्रेसको संसदीय दलको नेताका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । संसदीय दलको नेताको निर्वाचनका लागि उम्मेदवारले दरखास्त दिने समय मंगलबार दिउँसो २ देखि ३ बजेसम्म तोकिएको छ ।

मतदान बुधबार बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय परिसर सिंहदरबारमा हुनेछ । उम्मेदवारीका साथ बुझाउनुपर्ने शुल्क समितिले ५१ हजार रुपैयाँ तोकेको छ । निर्वाचन समितिले सोमबार मतदाता नामावली प्रकाशन गरेको छ । मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिई आउनुपर्ने समितिले जनाएको छ ।

कांग्रेसले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजयी भएको छ । संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले शीर्ष नेताहरु सघन छलफलमा रहेका छन् । कांग्रेसको विधानको दफा ४० को उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

कांग्रेस संसदीय दलका नेतामा संस्थापनको तर्फबाट सभापति शेरबहादुर देउवा र संस्थापनइतरबाट नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले दाबी गरेका छन् । संस्थापनइतर समूहको सोमबार बसेको बैठकले साझा उम्मेदवार तय गर्न नसकेपछि मंगलबार बिहान पनि बैठक बस्ने तयारी छ ।

कुन सांसद कुन पक्षमा ?
कांग्रेस संसदीय दलमा अहिलेसम्म संस्थापन पक्षमा ५०, इत्तर समूहमा ३२ र कतै नखुलेका ७ जना देखिएका छन्।

प्रष्ट नखुलेका  ७

रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह, सन्तोष चालिसे, राजेन्द्रकुमार केसी, दीपक खड्का, प्रदीप पौडेल

संस्थापन पक्ष ५०

शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, किशोरसिंह राठौर, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, एनपी साउद, रमेश लेखक, रामहरि खतिवडा, दुर्लभ थापा, उदयशमशेर राणा, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश रिजाल, विनोदकुमार चौधरी, पूर्णबहादुर तामाङ, खमबहादुर गर्बुजा, डिल्लीराज पन्त, शंकर भण्डारी, श्यामकुमार घिमिरे, मोहन आचार्य, सीता गुरुङ, ऐनबहादुर शाही ठकुरी, अजयकुमार चौरसिया, दिनेशकुमार यादव, महेन्द्रकुमार राय, पुष्पबहादुर शाह, टेकबहादुर गुरुङ, विष्णुकुमार कार्की, शान्ति विक, रूपा विक, आशा विक, सरस्वती बजिमय, सीताकुमारी राना, सुशीला थिङ, अञ्जनी श्रेष्ठ, माया राई, मनोरमा शेरचन, अम्बिका बस्नेत, आरजू राणा देउवा, ईश्वरी न्यौपाने, मञ्जु खाँण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, कल्पना चौधरी, नगिना यादव, चन्दा चौधरी, संगीता मण्डल, जावेदा खातुन

कोइराला–थापा समूह ३२

डा. शेखर कोइराला, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, जीवन परियार, हृदयराम थानी, दिलेन्द्रप्रसाद बडू, योगेश गौचन थकाली, रामनाथ अधिकारी, सञ्जयकुमार गौतम, रामकृष्ण यादव, देवप्रसाद तिमल्सेना, राजेन्द्र बजगाईं, डिगबहादुर लिम्बू, दिक्पालकुमार शाही, सुनीलकुमार शर्मा, तेजुलाल चौधरी, राजु थापा, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, सुरेन्द्रराज आचार्य, दीपक गिरी, सरिता प्रसाईं, प्रतिमा गौतम, लीलादेवी बोखिम, सीता मिजार, मुक्ताकुमारी यादव, विनाकुमारी थनेत, सपना राजभण्डारी, कुसुम थापामगर, मैना रावल र विश्वप्रकाश शर्मा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link