प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नियुक्त भएकसँगै संघ र ७ वटा प्रदेशका करिब ३ दर्जन महत्त्वपूर्ण पदहरुको बाँडफाँटमा आगामी छलफलहरु केन्द्रित हुने छ । आइतबार बनेको सत्ता गठबन्धनमा एमाले, मोओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन् ।

शक्ति बाँडफाँटको केन्द्रमा रहेको प्रधानमन्त्री पद टुङ्गिएसँगै अब यो गठबन्धनले राष्ट्रपति, सभामुख, उपसभामुख, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष, ७ प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीहरु गरी १४ जना, प्रदेश सभाका सभामुख र उपसभामुख सहित १४ जना लगायत करिब ३ दर्जन पदहरुको बाँडफाँड टुङ्ग्याउनुपर्ने छ ।

नयाँ बनेको सत्ता गठबन्धनभित्र राष्ट्रपति र सभामुख पद गठबन्धनको ठूलो दल एमालेले लिने सहमति भएको नेताहरुले बताएका छन् । अब उपराष्ट्रपति, उपसभामुख, राष्ट्रिय सभाको उपाध्यक्ष लगायत अन्य पदहरुको बाँडफाँटमा दलहरुको रस्सकस्सी हुने देखिन्छ ।

संघमा बन्ने सरकारको स्वरुपसँगै प्रदेशमा पनि यहि गठबन्धनबाटै सरकार बन्ने निश्चित छ । प्रदेशहरुको संसदीय अङ्कलाई हेर्ने हो भने माओवादी केन्द्रले कम्तीमा २ प्रदेशको नेतृत्व गर्ने देखिन्छ भने बाँकी ५ वटा प्रदेशको नेतृत्व एमालेले गर्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय