
लामो समयदेखी गैर आवासीय नेपाली संघसंग आबद्द रहँदै नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल सामाजिक अभियन्ता सोम सापकोटा बेलायतको वेल्सका लागि टुरिजम गुडविल ऐम्बेस्टर नियुक्त भएका छन् । नेपालको पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकार मन्त्री स्तरीय निर्णयबाट सापकोटा गुडविल ऐम्बेस्टर नियुक्त भएका हुन् । हाल उनि बेलायत बसोबास गर्दै आएका छन् ।
सापकोटालाई मन्त्री स्तरीय निर्णयले ऐम्बेस्टर निर्णय गरेको हो । शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित एक समारोहबीच सापकोटालाई पर्यटन सचिब सुरेश अधिकारीले नियुक्ति पत्र हस्तान्तरण गरेका थिए । नियुक्ति पत्र हस्तान्तरण गर्दै सचिब अधिकारीले लामो समय देखी पर्यटन क्षेत्रमा लागि लाग्दै आउनु भएका सापकोटाको नियुक्तिले यो क्षेत्र झनै बिस्तार र बलियो हुने बिस्वास ब्यक्त गरे । नियुक्ती पत्र प्राप्त गरेपछी ऐम्बेस्टर सापकोटाले भने -‘ राज्यले विस्वास गरेर दिएको जिम्मेवारीलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सन २००७ देखी सन २००९ सम्म गैह्र आबासीय नेपाली संघको पर्यटन प्रबर्धन कमिटीको सदस्य भएर काम गरेका सापकोटाले सन २०१३ देखी सन २०१५ सम्म कमिटीको उप संयोजक बनेका थिए । सन २०१६ देखी सन २०१८ सम्म डेन मार्कका लागि नेपाली टुरिजम बोर्डको मानार्थ जनप्रतिनिधि भएर उनले काम गरे ।
यसैगरी सापकोटा सन २०१९ देखी २०२१ सम्म माल्टाका लागि नेपाल टुरिजम बोर्डबाट मानार्थ जन प्रतिनिधिको रूपमा नियुक्त भए ।टुरिजम क्षेत्रमा बिशेष दखल राख्ने र यो बिधामा पोख्त प्रबासी नेपालीको पहिचान बनाएका सापकोटा हाल गैह आबासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वय परिषदको प्रबक्ता एबं पर्यटन प्रर्बधन समितिका संयोजक समेत हुन ।
२०७२ सालको महाभूकम्भका कारण सुस्ताएको नेपालको पर्यटन क्षेत्रलाई लयमा ल्याउंन युरोप लगायतका मूलुकमा गैर आवासीय नेपाली संघको साथमा सापकोटाले महत्वपूर्ण भूमिका रहँदै आएको छ । नेपालको टुरिजम क्षेत्रलाई प्रचार प्रसार गर्ने मामिलामा अहोरात्र खटिएका सापकोटालाई यसअघि पनि पटक पटक नेपाल सरकार र टुरिजम बोर्डले सम्मान गरिसकेको छ ।