सरकारले पुस २७ गते सार्वजनिक विदा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी हुनका लागि पुस २७ गते सार्वजनिक विदा हुनुपर्ने शर्त अघि सारेको थियो । सरकारको तर्फबाट सार्वजनिक भएको न्यूनतम साझा कार्यक्रममा पनि पुस २७ गते सार्वजनिक विदा दिने उल्लेख गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय