जनता समाजवादी पार्टी तत्काल सरकारमा नजाने भएको छ । सोमबार साँझ भएको मन्त्रालय बाँडफाँटप्रति असहमति जनाउँदै जसपाले तत्काल सरकारमा सहभागी नहुने बताएको छ । बैठकमा सहभागी भएका जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखसहित मन्त्रालयको न्यायोचित बाँडफाँट हुनुपर्ने माग गरेका थिए ।

सत्तारुढ माओवादी र एमालेले जसपाका लागि सहरी विकाससहित दुई मन्त्रालय छुट्याएको छ । तर यसमा जसपाले असन्तुष्टि व्यक्त गरेको छ । न्यायचित तरिकाले बाँडफाँट नभएको भन्दै जसपाले तत्काल सरकारमा सहभागी नहुने अध्यक्ष उपेन्द्र यादवले बताएका छन् ।

सोमबारको छलफलमा जसपाले उपराष्ट्रपति माग गरेको तर प्रधानमन्त्री पुष्पकमल दाहाल अहिले यतातिर नजाम् पहिले मन्त्रालय टुंग्याउँ भनेका थिए । त्यसपछि भने यादवले यी पद नटुंग्याएसम्म आफूहरु सरकारमा सहभागी नहुने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय