बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रतिनिधि सभाबाट पारित भएको छ ।
आइतबार प्रतिनिधि उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित भएको हो । प्रतिनिधि सभाको बैठकमा सरकारले उक्त विधेकय पेश गरेको थियो । सो विधेयकमाथि सांसदहरुले आफ्नो आफ्नो धारणा व्यक्त गरेका थिए । बैठकमा सत्ता पक्षका सांसदहरुले विधेयकको बचाउ गरेका थिए भने प्रतिपक्षका सांसदहरुले गम्भीर अपराधमा संलग्नलाई समेत उन्मुक्ति दिन खोजिएको भन्दै आलोचना गरेका छन् ।




