११ दिनदेखि हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितलाई खुलामञ्च प्रवेशमा रोक लगाइएको छ । महानगरीय प्रहरीले उनीहरुलाई खुलामञ्च प्रवेशमा रोक लगाएको हो ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेर आएकाहरु आइतबार काठमाडौंको मातातीर्थमा बसेका थिए । पीडितहरु चन्द्रनिगाहपुर, हेटौंडा, भीमफेदी हुँदै काठमाडौं आएका हुन् ।

‘तमसुक व्यवस्था खारेज गर’, सहुलियत दरमा ऋणको व्यवस्था गर, मिटर ब्याजीलाई कारबाही गर’ लगायतका प्ले कार्ड बोकेका पीडितहरु अहिले काठमाडौंको खुलामञ्च पुगेका थिए ।

त्यहाँ पुगेका उनीहरुलाई नगर प्रहरीले प्रवेशमा रोक लगाएको छ । “हाम्रो पनि हो खुलामञ्च, हामी प्रवेश पाउनुपर्छ,” सहभागीहरुको आवाज रहेको छ । तर नगरप्रहरीले उनीहरुलाई प्रवेशमा रोक लगाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय