गायीका सविना जोशीको ‘नरुनु प्रिय’ बोलको गीत सार्वजनिक’ गरिएको छ । नयॅा वर्ष २०८० को अवसरमा उक्त गीत सार्वजनिक गरिएको हो  । गीतको बोल ‘सम्झेर मलाई नरुनु प्रिय विरहमा म मरे भने चढाइ दिनु एक अन्जुली पानी सपनी म आए भने’ भन्ने रहेको छ । गीतमा सुनिता बस्नेत थापाको शब्द, सुनिल मास्केको संगीत, प्रदिप श्रेष्ठको एरेन्ज र सविना जोशीको स्वरमा रहेको छ ।

यो गीत डालास टेक्ससको स्टुडियोमा अन्तराष्ट्रिय व्यक्तित्व यारोन वोप्लिनले रेकर्ड गरेका हो ।  भिडियोको निर्देशन युवराज वाइवाले गरेका छन् । गीतमा अभिनय उषा उप्रेती र विनोद न्यौपानेले गरेका छ । गायिका जोशीले “महसुस” नामक एकल एल्वब २०६९ मा ल्याएकी थिइन् ।  गायिका जोशी अमेरिकामा बसोबास गर्दै आएकी छन् ।  प्रवाशमा रहेर पनि उनले नेपाली गीत संगीतमा योगदान पुर्याउदै आएकी छिन् ।

संगीत गुरु मनराज नकर्मीसॅगको संगीत साथै उहाँकै संगीतमा चर्चित गीतकार बुद्धवीर लामा, दुर्गालाल श्रेष्ठ, रत्न शमशेर थापा, हेमन्त बिबश, केशवराज राजभण्डारी, उषा भट्ट जस्ता प्रतिष्ठित गीतकारहरुको शब्दलाई आफ्नो सांगीतिक आवाज दिइ सकेकि गायिका जोशीको यो गीत गीतियात्रामा पुनरागमन रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link