गएराति ११ बजे ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रणबहादुर गुरूङको परिवार रहेका छन् ।

पहिरोमा परि रणबहादुर सहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ, १० वर्षका छोरा दिनेश गुरूङ र १८ महिनाकी छोरी कविता गुरूङको पुरिएर मृत्यु भएको हो ।

घर भन्दा दुई सय मिटर माथिबाट पहिरो झरेको थियो । अहिले यो समाचार तयार पार्दा सम्म बाबु, आमा, छोरीको शव फेला परिसकेको छ । छोराको शव फेला पर्न बाँकी रहेको छ ।  पहिराले बलबहादुर गुरूङ र जहरसिंह गुरूङको घरमा पनि क्षति पुर्‍याएको छ । ठूलो आवाजकासाथ पहिरो चल्न थालेपछि अरू भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link