स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा वीर अस्पतालले ७ सय शैया निःशुल्क गरेको छ । बिहीबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति सहित रेक्टर, रजिष्ट्रार र डिन नियुक्ती गरेपछि न्याम्सको सहकुलपतिको हैसियतले स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले न्याम्सका उपकुलपति सहित पदाधिकारीलाई मन्त्रालय बोलाएर वीर अस्पतालका सबै जनरल वार्ड निःशुल्क गर्न निर्देशन दिएका थिए ।

मन्त्रीको निर्देशनपछि शुक्रबार न्याम्स पदाधिकारीको बैठकले क्याविन र आईसियू बाहेक वीरका सबै ७ सय वटै शैया निःशुल्क गर्ने निर्णय गरेको हो । वीर अस्पतालमा यो भन्दा पहिले जनरल बेडको शुल्क दैनिक रु. २०० लाग्ने गरेको थियो । दैनिक २०० रुपैया तिर्न पनि बिपन्न विरामीलाई हम्मे हम्मे पर्दथ्यो । मन्त्री बस्नेतले आफुले स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेको दिनदेखि नै आफ्नो चिन्ता र चासो विपन्न विरामीलाई कसरी सहज तरिकाबाट उपचार सेवा दिन सकिन्छ भन्नेमा रहेको थियो ।

हरेक अस्पतालले विपन्नलाई १० प्रतिसत शैयामा उपचार निःशुल्क दिनै पर्ने बाध्यकारी व्यवस्था आफुले कडाईका साथ लागु गर्न लागेको र धेरै अस्पतालले नियम अनुसार सेवा दिन थालेको मन्त्री बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतले विपन्नको उपचारका लागि छुट्टै फन्ड बनाएर त्यसबाट उनीहरुको निशुल्क उपचार गर्न सकिने र आफु त्यो काममा अगाडि बढिसकेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link