१० असार, ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-३ धम्जाको रामचालुमा शनिबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जिप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको घटनास्थलमै मृत्यु भएको छ ।घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको बताइएको छ।

जिप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link